बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक  « Khabarhub

बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक 


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आगामी आर्थिक वर्षको बजेटको अघिल्लो दिन अर्थात सोमबार अन्तिम २ मिनेटमा बढेको छ । नेप्से बढेसँगै कारोबार पनि ४ अर्बको नजिक पुगेको छ । 

आज नेप्से २.९३ अंकले बढेर २११३.१७ विन्दु कायम भएको छ । नेप्से बढेसँगै ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक किनबेच भएको छ । 

आज ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज फ्लोट इन्डेक्स ०.०७ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ अंकले घटेको छ । 

आज समूहगत परिसूचकमा उत्पादनमा उछाल आएको छ । आज उत्पादन समूह ५०.७२ अंकले बढेको छ । १३ वटा समूहमध्ये ३ वटा समूहको शेयर मूल्य घटेको छ भने १० वटा समूहको शेयर मूल्य बढेको छ । 

मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउसिङ कम्पनी र कालिञ्चोक दर्शन कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ३ : १७ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा