बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक  | Khabarhub Khabarhub

बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक 


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आगामी आर्थिक वर्षको बजेटको अघिल्लो दिन अर्थात सोमबार अन्तिम २ मिनेटमा बढेको छ । नेप्से बढेसँगै कारोबार पनि ४ अर्बको नजिक पुगेको छ । 

आज नेप्से २.९३ अंकले बढेर २११३.१७ विन्दु कायम भएको छ । नेप्से बढेसँगै ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक किनबेच भएको छ । 

आज ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज फ्लोट इन्डेक्स ०.०७ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स ०.३०सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ अंकले घटेको छ । 

आज समूहगत परिसूचकमा उत्पादनमा उछाल आएको छ । आज उत्पादन समूह ५०.७२ अंकले बढेको छ । १३ वटा समूहमध्ये ३ वटा समूहको शेयर मूल्य घटेको छ भने १० वटा समूहको शेयर मूल्य बढेको छ । 

मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउसिङ कम्पनी र कालिञ्चोक दर्शन कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : १७ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार