यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका « Khabarhub

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुनसान भएको छ । नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । अधिकांश पसल र होटेल प्रायः बन्द छन् । केही खुलेका पसलमा पनि व्यापार घटेको छ । 

मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन् । जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् । 

अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईकाअनुुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा संकलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन ।

यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा संकलक लेकक्षेत्र पुग्ने गर्थे । वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा संकलनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै सात सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झण्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए ।

‘चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् भने अधिकाशंले सटर बन्द नै गरेर त्यता लागेका छन्, फलस्वरुप चिनियाँ बजार सुनसान बनेको छ’, भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पाले बताए । 

यसअघि नेपाली यार्सा संकलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । चीनको भू–भागमा पर्ने गौरीशंकर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा संकलन गर्न जाने गरेका थिए ।

अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा संकलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको सुधार आइरहेको बताए ।

तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । त्यसबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिए । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ४ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्