रात्रिकालीन व्यवसायीले भने : ५ प्रतिशत मनोरञ्‍जन कर तिर्नुपरे व्यवसाय बन्द गर्छौँ « Khabarhub

रात्रिकालीन व्यवसायीले भने : ५ प्रतिशत मनोरञ्‍जन कर तिर्नुपरे व्यवसाय बन्द गर्छौँ


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।

आइतवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेललाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन करले व्यवसायीलाई भार परेर व्यवसाय नै बन्द गर्ने अवस्था आउने चेतावनीसहित ज्ञापनपत्र बुझाएका हुन् ।

व्यवसायीले आर्थिक ऐन २०८० को दफा ५ बमोजिम अनुसूची ३ मा रात्रिकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर तोकेकोमा मुख्यमन्त्री जम्मरकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

व्यवसायीहरूले आर्थिक ऐन २०८० को दफा ५ बमोजिमको अनुसूची-३ लाई संशोधन गरी करको भारबाट मुक्त गराउनसमेत माग गरेका छन् ।

‘बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० ले गर्दा व्यवसाय सञ्चालनमा थप कठिनाइ भइ व्यवसायीहरूलाई मार परेको र गम्भीर संकट पैदा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सभाबाट आर्थिक ऐन जारी गर्दा विद्यमान कानुनी व्यवस्था र व्यवसायीलाई मध्यनजर गरी आर्थिक भार नपर्ने तथा निरूत्साहित नहुने गरी कानुन बनाउनुपर्ने विज्ञप्तिमा बताइएको छ ।

सरकारको विद्यमान कर र राजश्व ठूलो भारको रूपमा रहेको व्यवसायीहरूले बताएका छन् । प्रदेश सरकारको पाँच प्रतिशत कर तिर्न नसक्ने हुँदा मनोरञ्जन कर वार्षिक २ हजार र १५ सय रूपैयाँ तिर्नेगरी कानुन संशोधन गर्नुपर्ने व्यवसायीले भनेका छन् ।

आर्थिक ऐन २०७९ बमोजिम लाग्ने सम्पूर्ण कर तथा राजश्व सम्पूर्ण व्यवसायीले तिर्दै आएको मुख्यमन्त्री जम्मरकट्टेललाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीहरूले नियमित रूपमा आयकर, व्यवसाय कर ,राजश्व र नियमित रूपमा गर्नुपर्ने व्यवसायी नवीकरण गरिरहेको बताएको छन् ।

रात्रीकालीन व्यवसायकै कारण २० हजार बढीले रोजगार पाएको उनीहरूले बताएका छन् । मनोरञ्जन करकै कारण २० हजार बढी कामदारको रोजगारी गुम्ने खतरा रहेको मुख्यमन्त्रीलाई चेतावनी दिएका छन् ।

विगतमा व्यवसायीले मनोरञ्जन कर स्वरूप क्लबले २ हजार र डान्स बार,दोहोरी लगायतका अन्य व्यवसायले १५ सय रूपैयाँ तिर्दै मुख्यमन्त्रीलाई स्मरण गराएका थिए ।

ठमेल पर्यटन परिषद्‍का अध्यक्ष भवी शर्माको नेतृत्त्वमा परिषद्‍का उपाध्यक्ष सहदेव धमला, नेपाल रात्रिकालीन व्यवसायी संघका अध्यक्ष रुपेश गुरुङ, नेपाल क्लब तथा डिस्को संघका अध्यक्ष राजु दनाई, उपाध्यक्ष भुपेन कुँवर, महासचिव आयुश ठकुरी र नेपाल लोक दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठसहित मुख्यमन्त्रीलाई भेट्न पुगेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ४ : ३४ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा