एम्बुलेन्समा चढेर धनुषा अदालत पुगे सिरोहिया « Khabarhub

एम्बुलेन्समा चढेर धनुषा अदालत पुगे सिरोहिया


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया एम्बुलेन्समा चढेर जिल्ला अदालत धनुषा पुगेका छन् ।

दोस्रो पटक म्याद थपिएपछि मुटुमा समस्या आएको भन्दै प्रहरी हिरासतबाट निस्किएर जनकपुरस्थित काब्य अस्पतालमा बसेका उनी सोमबार अपरान्ह अदालतमा उपस्थित भएका हुन् ।

उनी अहिले एम्बुलेन्समा चढेर अदालत पुगेपछि बाहिरिइसकेका छन् । उनको हिरासत अवधि थप्ने नथप्ने विषयमा अहिले अदालतमा बहस भइरहेको छ ।

उनलाई तेस्रो पटक म्याद थपका लागि धनुषा अदालतको इजलास नम्बर ७ मा पेश गरिएको छ । उक्त इजलासमा न्यायाधीश यदुराज शर्मा रहेका छन् ।

दोस्रो पटक तीन दिनका लागि शुक्रबार थपिएको म्याद आइतबार सकिएको छ । यस्तोमा प्रहरीले सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि एम्बुलेन्समा हालेर अदालतमा उपस्थित गराएको हो ।

नागरिकता कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई सुरुमा शुक्रबासम्म पहिलो पटक, त्यसपछि आइतबारसम्म दोस्रो पटकसहित ६ दिन म्याद थपिएको छ ।

यस पटक पनि जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियाविरुद्ध थप ५ दिनको म्याद दिन अदालतसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ४ : ३९ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६