फिल्म ‘लन्डन टु पेरिस’ : किन भएन पेरिसमा छायांकन ? « Khabarhub

फिल्म ‘लन्डन टु पेरिस’ : किन भएन पेरिसमा छायांकन ?


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई वर्ष लगाएर बेलायतसहित विभिन्न देशमा छायांकन गरिएको फिल्म ‘लण्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शनमा आउँदै छ । विदेशमा रहेका नेपाली युवाको कथा समेटिएकाले यस फिल्मको छायांकन उतै गरिएको हो । 

निर्माण पक्षका अनुसार यो प्रेमकथामा आधारित चलचित्र हो । ट्रेलरमा साम्राज्ञी शाह, गरिमा शर्मा र निश्चल खड्काबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ । 

सोमबार हात्तीसारमा फिल्मबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै भिसा समस्याका कारण पेरिसमा सुटिङ नभएको निर्माण पक्षले जानकारी दियो । पेरिसको अंशको छायांकन भारतको मुम्बईको ‘इनडोर सेट’मा गरिएको सह–निर्माता सनिस खकुरेलले बताए । 

उनले भने, ‘फिल्म प्रदर्शनमा ल्याउनुपर्ने हतारले गर्दा पनि पेरिसमा खिचिएन । भिसाको पनि समस्या भयो । तर दर्शकले पेरिसमा छायांकन नभएको भन्ने महसुस गर्नु हुन्न ।’

नयाँ स्वादको फिल्म बनेको लेखक प्रदीप भारद्वाजले दाबी गरे । सोचेर लेखेको स्थानमा छायांकन नभए पनि निर्देशकले आफ्नो अपेक्षाअनुरूप नै नतिजा निकालेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘लेखक र निर्देशकको भिजन नमिल्दा लेख्ने र बन्ने फिल्म फरक हुन्छ । लेखेको कालो हुन्छ तर फिल्म गोरो बन्छ । तर यसमा त्यो भएको छैन ।’

यद्यपि फिल्म लेख्नुअघि उनी लण्डन पुगेका थिएनन् । यसबारे प्रश्न गर्दा उनको जवाफ छ, ‘मैले वैज्ञानिक आइन्सटाइनलाई पनि देखेको छैन तर उहाँको सबैभन्दा शक्तिशाली सुत्र मलाई थाहा छ । गुगल, भिडियो र प्रविधिको सहयोगले त्यो परिवेशलाई सुहाउने कथा लेखेको छु ।’  

नायिका साम्राज्ञीलाई भने यो फिल्म पनि पहिला गर्दै आएको भन्दा फरक नभएको बताइन् । उनले स्पष्ट पारिन्, ‘मैले ठाडो बोल्ने छुच्ची भूमिकामा नै छु यो फिल्ममा । यद्यपि फिल्म चाहिँ नयाँ स्वादको छ ।’ 

केन्द्रीय भूमिकामा रहेका गरिमा शर्मा र निश्चल खड्काको यो डेब्यू फिल्म हो । निर्माण पक्षका अनुसार फिल्ममा डेब्यू कलाकार गरिमासँग कबीर खड्काले रोमान्स गरेका छन् । साम्राज्ञीसँग अर्का डेब्यू कलाकार निश्चलले रोमान्स गरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : १६ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको