फिल्म ‘लन्डन टु पेरिस’ : किन भएन पेरिसमा छायांकन ? « Khabarhub

फिल्म ‘लन्डन टु पेरिस’ : किन भएन पेरिसमा छायांकन ?


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई वर्ष लगाएर बेलायतसहित विभिन्न देशमा छायांकन गरिएको फिल्म ‘लण्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शनमा आउँदै छ । विदेशमा रहेका नेपाली युवाको कथा समेटिएकाले यस फिल्मको छायांकन उतै गरिएको हो । 

निर्माण पक्षका अनुसार यो प्रेमकथामा आधारित चलचित्र हो । ट्रेलरमा साम्राज्ञी शाह, गरिमा शर्मा र निश्चल खड्काबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ । 

सोमबार हात्तीसारमा फिल्मबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै भिसा समस्याका कारण पेरिसमा सुटिङ नभएको निर्माण पक्षले जानकारी दियो । पेरिसको अंशको छायांकन भारतको मुम्बईको ‘इनडोर सेट’मा गरिएको सह–निर्माता सनिस खकुरेलले बताए । 

उनले भने, ‘फिल्म प्रदर्शनमा ल्याउनुपर्ने हतारले गर्दा पनि पेरिसमा खिचिएन । भिसाको पनि समस्या भयो । तर दर्शकले पेरिसमा छायांकन नभएको भन्ने महसुस गर्नु हुन्न ।’

नयाँ स्वादको फिल्म बनेको लेखक प्रदीप भारद्वाजले दाबी गरे । सोचेर लेखेको स्थानमा छायांकन नभए पनि निर्देशकले आफ्नो अपेक्षाअनुरूप नै नतिजा निकालेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘लेखक र निर्देशकको भिजन नमिल्दा लेख्ने र बन्ने फिल्म फरक हुन्छ । लेखेको कालो हुन्छ तर फिल्म गोरो बन्छ । तर यसमा त्यो भएको छैन ।’

यद्यपि फिल्म लेख्नुअघि उनी लण्डन पुगेका थिएनन् । यसबारे प्रश्न गर्दा उनको जवाफ छ, ‘मैले वैज्ञानिक आइन्सटाइनलाई पनि देखेको छैन तर उहाँको सबैभन्दा शक्तिशाली सुत्र मलाई थाहा छ । गुगल, भिडियो र प्रविधिको सहयोगले त्यो परिवेशलाई सुहाउने कथा लेखेको छु ।’  

नायिका साम्राज्ञीलाई भने यो फिल्म पनि पहिला गर्दै आएको भन्दा फरक नभएको बताइन् । उनले स्पष्ट पारिन्, ‘मैले ठाडो बोल्ने छुच्ची भूमिकामा नै छु यो फिल्ममा । यद्यपि फिल्म चाहिँ नयाँ स्वादको छ ।’ 

केन्द्रीय भूमिकामा रहेका गरिमा शर्मा र निश्चल खड्काको यो डेब्यू फिल्म हो । निर्माण पक्षका अनुसार फिल्ममा डेब्यू कलाकार गरिमासँग कबीर खड्काले रोमान्स गरेका छन् । साम्राज्ञीसँग अर्का डेब्यू कलाकार निश्चलले रोमान्स गरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : १६ बजे

विश्व स्वास्थ्य सुरक्षामा जोखिम, अमेरिकाको फिर्ता विश्व स्वास्थ्यका लागि चुनौती

जेनेभा– विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संयुक्त राज्य

प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं– होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा