७३ वर्षकी ‘कालीआमा’को ‘स्टारडम’ र ‘पुकु’सँगको प्रेम (भिडियो अन्तर्वार्ता) « Khabarhub

७३ वर्षकी ‘कालीआमा’को ‘स्टारडम’ र ‘पुकु’सँगको प्रेम (भिडियो अन्तर्वार्ता)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय दर्शकले रुचाएको टेलिसिरियल हो– ‘हल्का रमाइलो’ । जुन सिरियलका हरेक भागले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाउँछ ।

यसमा वरिष्ठ कलाकार शारदा गिरी (कालीबुढी) र पुजन घिमिरे (पुकु) मुख्य भूमिकामा देखिन्छन् । ‘काली आमा’ सिरियलका निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) की आमा र ‘पुकु’ प्रेमिकाको भूमिकामा छन् ।

‘काली आमा’ ठूलो पर्दामा पनि रुचाइएकी कलाकार हुन् । बढ्दो बुढ्यौलीका कारण फुर्तिसाथ काम गर्न नसके पनि उनलाई दुईवटा सिरियलमा देख्न पाइन्छ । दर्शकको मायाले घरमा बस्न मन नमानेपछि उनी छायांकनमा निस्किन्छिन् ।

दर्शकले उनलाई धेरै माया गर्छन्, त्यहीकारण घरबाटै निस्कन मुस्किल पर्छ । भन्छिन्, ‘घरैबाट बाहिर निस्किन्नँ । कालीआमा भनेर माया गर्ने दर्शक तस्बिर खिच्न आउनुहुन्छ । दर्शकले घेरिरहँदा काम नै गर्न पाउँदिनँ ।’

उनले दर्शकको माया पाउनु अर्को कारण हो– फिल्मको कुनै न कुनै एउटा संवाद सामाजिक सञ्जालमा लोकप्रिय हुन्छ । भन्छिन्, ‘सामाजिक सञ्जालमा फिल्मका हिट डाइलग भन्नु न आमा भनेर दर्शकले धेरै कर गर्नु हुन्छ ।’

छायांकनका क्रममा काठमाडौंबाहिर जाँदा आफूलाई रुचाउने दर्शक झन् बढी भेटिँदा ७३ वर्षको उमेरमा पनि काम गर्न ऊर्जा मिल्छ । फिल्मका लागि काठमाडौंबाहिर जाँदा सुरक्षाकै आवश्यक पर्ने गरी फ्यानहरु झुम्मिएको अनुभव उनीसँग छ ।

‘फिल्म ऐचोपैँचो छायांकनका लागि मोरङको मधुमल्ला गएकी थिएँ । त्यहाँ त फोटो खिच्ने दर्शक धेरै भएर सुटिङ नै रोकिने डरले दुईजना सुरक्षा गार्ड भाइहरूले भीडबाट भगाउनुभयो’, उनले खबरहबसँग अनुभव सुनाइन् ।

उता, ‘पुकु’ म्युजिक भिडियोबाट टेलिसिरियलमा आएकी हुन् । पहिलो सिरियलबाटै लोकप्रिय भइन् । हामी उक्त टेलिसिरियलको छायांकनस्थल काभ्रेको काँक्राबारी पुग्दा ‘काली आमा’ र ‘पुकु’बीच निक्कै प्रेमिल माहोल पायौं ।

‘पुकु’ले कामप्रतिको लगाव सुनाउने क्रममा ‘काली आमा’ भावुक भइन् । रमाइलो कुराकानी गर्दै गर्दा निटकताको प्रश्नले ‘काली आमा’ र ‘पुकु’ दुवै भावुक देखिए । उनीहरुले हाम्रो क्यामेरा फेस गर्दा आँसु रोक्न सकेनन् ।

प्रस्तुत छ– रमाइलो कुराकानीसहित ‘कालीआमा’ र ‘पुकु’ भावुक बनेको अन्तर्वार्ता :

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ३१ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई