कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्छ « Khabarhub

कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्छ


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम वार्तामा बाधा पुर्‍याउन सक्ने मध्यस्थ राष्ट्र कतारले जनाएको छ ।

कतारको विदेश मन्त्रालयले ‘शिविरमा भएको हवाइ आक्रमणले जारी मध्यस्थता प्रयासलाई जटिल बनाउने र तत्काल र स्थायी युद्धविरामका लागि सम्झौतामा पुग्न बाधा पुग्ने’ भन्दै चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच युद्धबाट तहसनहस बनेको गाजामा युद्धविराम सम्झौता गर्ने उद्देश्यले महिनौँदेखि वार्ता गरिरहेको छ ।

तर यसै महिनाको सुरुमा इजरायलले राफाहमा स्थल सेना पठाएपछि वार्ता प्रयासमा गतिरोध पुगेको थियो ।

संयुक्त राज्य अमेरिकाको सहमतिमा सन् २०१२ देखि हमासको राजनीतिक नेतृत्वलाई आश्रयस्थल दिँदै आएको कतारले इजरायली बमबारीलाई ‘अन्तर्राष्ट्रिय कानूनको खतरनाक उल्लङ्घन’ भन्दै निन्दा गरेको छ ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई ‘रफाह शहरबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने आफ्नो योजना कार्यान्वयन गर्न रोक्न तत्काल कदम चाल्न आह्वान गरेको छ । 

कुवेतको विदेश मन्त्रालयले पनि राफाह नजिकै विस्थापित प्यालेस्टिनीहरूको शिविरमा इजरायली आक्रमणको निन्दा गर्दै यसले इजरायलको ‘स्पष्ट युद्ध अपराध र अभूतपूर्व नरसंहारलाई सम्पूर्ण विश्वमा उजागर गरेको’ बताएको छ ।

खाडी मुलुक कुवेतले ‘अन्तर्राष्ट्रिय समुदायको तत्काल र दृढ हस्तक्षेप’ को लागि आह्वान गरेको छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ५ : ३८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम