कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्छ « Khabarhub

कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्छ


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम वार्तामा बाधा पुर्‍याउन सक्ने मध्यस्थ राष्ट्र कतारले जनाएको छ ।

कतारको विदेश मन्त्रालयले ‘शिविरमा भएको हवाइ आक्रमणले जारी मध्यस्थता प्रयासलाई जटिल बनाउने र तत्काल र स्थायी युद्धविरामका लागि सम्झौतामा पुग्न बाधा पुग्ने’ भन्दै चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच युद्धबाट तहसनहस बनेको गाजामा युद्धविराम सम्झौता गर्ने उद्देश्यले महिनौँदेखि वार्ता गरिरहेको छ ।

तर यसै महिनाको सुरुमा इजरायलले राफाहमा स्थल सेना पठाएपछि वार्ता प्रयासमा गतिरोध पुगेको थियो ।

संयुक्त राज्य अमेरिकाको सहमतिमा सन् २०१२ देखि हमासको राजनीतिक नेतृत्वलाई आश्रयस्थल दिँदै आएको कतारले इजरायली बमबारीलाई ‘अन्तर्राष्ट्रिय कानूनको खतरनाक उल्लङ्घन’ भन्दै निन्दा गरेको छ ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई ‘रफाह शहरबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने आफ्नो योजना कार्यान्वयन गर्न रोक्न तत्काल कदम चाल्न आह्वान गरेको छ । 

कुवेतको विदेश मन्त्रालयले पनि राफाह नजिकै विस्थापित प्यालेस्टिनीहरूको शिविरमा इजरायली आक्रमणको निन्दा गर्दै यसले इजरायलको ‘स्पष्ट युद्ध अपराध र अभूतपूर्व नरसंहारलाई सम्पूर्ण विश्वमा उजागर गरेको’ बताएको छ ।

खाडी मुलुक कुवेतले ‘अन्तर्राष्ट्रिय समुदायको तत्काल र दृढ हस्तक्षेप’ को लागि आह्वान गरेको छ । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ३८ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक