केपी ओलीलाई विश्वप्रकाशको जवाफ : तपाईंले रौद्ररुप देखाउँदा कांग्रेसले मौनधारण गर्दैन « Khabarhub

केपी ओलीलाई विश्वप्रकाशको जवाफ : तपाईंले रौद्ररुप देखाउँदा कांग्रेसले मौनधारण गर्दैन

एमाले र रास्वपालाई दिए सहकारीबन्धु गठबन्धनको संज्ञा


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी-स्टेट बिक्री प्रकरणमा आफैं गल्ती गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई दोष लगाएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा सोमबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार दाबी गरे जस्तो आफूहरूले माफी माग्ने कुरै नआएको बताए ।

‘मलाई लाग्छ एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले माफी माग्नुपर्छ भन्नु भएन होला । उहाँले त्यसो भन्नु भएको भए गलत हो तर उहाँले भन्नु भएन होला’, उनले भने, ‘सर्वोच्च अदालतले गिरीबन्धु टी-स्टेटमा पूर्णपाठ दिइसकेपछि पनि कांग्रेसले कुनै प्रतिक्रिया दिएको थिएन । बरु रौद्र रुपसहित एमाले अध्यक्ष केपी ओली बोल्नु भएको हो ।’

ओलीले गिरीबन्धुमा कांग्रेसले ५१ बिघा बेचेर कमिशन खाएको भनेर लगाएको आरोप गलत भएको बताए ।

‘एमाले अध्यक्ष ओली गिरीबन्धुको ५१ बिघा बेचेर कांग्रेसले कमिशन खायो भन्नु भयो । उहाँले आरोप लगाउँदा छुट तर प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने हो ?’, उनले भने, ‘हामीमाथि आरोप आइसकेपछि मैले पनि उहाँहरूलाई सहकारीबन्धु गठबन्धन भनेको हो ।’

शर्माले गिरीबन्धु बिक्री हुँदा २०५२ सालमा मनमोहन प्रधानमन्त्री र भूमिसुधार राधाकृष्ण मैनाली रहेको बताए । त्यस्तै २०६० सालमा पनि प्रधानमन्त्री सूर्यबहादुर थापा रहेको जिकिर उनले गरे ।

‘यस प्रकरणमा केपी ओलीले रौद्र रुप धारण गर्दा हामीले मौनधारण गर्न सक्दैनौँ’, उनले भने, ‘झापाका कृष्णप्रसाद सिटौला र केपी शर्मा ओ‌लीलाई म सम्मान गर्छु । तर ओलीले जथाभावी बोल्दा मौन रहन सक्दिनँ । एमालेले भने जस्तो लिखित क्षमायाचना भन्ने कुरा हुँदैन ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ४९ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र