नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने « Khabarhub

नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को ८३औं सचिवालय बैठक सोमबार बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ ।

बैठकले २ महिनादेखि संसद्‍मा जारी गतिरोध अन्त्यबारे भएको सम्वादको समीक्षा गरेको छ । त्यसैगरी मुस्ताङ र स्याङ्जा जिल्ला कमिटी इन्चार्ज पनि तोकेको छ ।

त्यसैगरी पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमखु  प्रमेश हमालको नेतृत्वमा सातजनाको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जाने भएको छ ।

के के छन् निर्णय ?

१. केन्द्रीय कमिटीको आठौं बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्तावेज मातहतका कमिटीलाई पठाउने ।

२. मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय ।

३. संंसदको गतिरोध अन्त्य गर्नका निम्ति गरिएको सम्वादबारे छलफल ।

४. प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने ।

५. अर्वन एण्ड रुरल डेपलभमेन्ट, पोलिसी, प्लनिङ, अनुभव आदान प्रदान गर्ने, कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमखु  प्रमेश हमालको नेतृत्वमा सातजना नेताको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जाने । उक्त कार्यक्रममा विश्वका विभिन्न देशका प्रनिधिहरूको उपस्थित हुनेछन् ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्