जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने राप्रपाको निर्णय  « Khabarhub

जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने राप्रपाको निर्णय 


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सकिएको छ । सो पार्टीले सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । 

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले पार्टीले अघि सारेको ४० बुँदे मागका बारेमा प्रधानमन्त्रीलाई पुन ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । 

 

बैठकले भ्रष्टाचार लगायतका जनजिविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय गरेको छ । गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका कुराहरू बाहिर आइरहेको अवस्थामा नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन समेत माग गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

उनले विपक्षीको विरोधकाबीच जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने निर्णय भएको बताए ।  बैठकले प्रतिपक्षीको मागलाई बेवास्ता गर्दै जबरजस्त संसद् चलाउनु र धमाधम आफू खुसी निर्णयहरू गर्दै जानु संसदीय मूल्यमान्यता र परम्परा विपरीत रहेको ठहर गरेको उनको भनाइ छ । 

अध्यक्ष लिङ्देनले पार्टीका सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर सफाइ पेस गर्न पनि निर्देशन दिएको जानकारी दिए । 

बैठकले राजनीतिक कार्यपत्र, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको थियो । 

बैठकले गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको त्यसको श्वेतपत्र जारी गर्न माग गरेको छ भने किसानलाई समयमा नै मल बिउ प्राप्त हुने व्यवस्था गर्न पनि माग गरेको छ  ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ५६ बजे

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका अव्यवस्थित बसोबासबाट स्थानान्तरण गरी

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको