रफाहमा इजराइली आक्रमणप्रति म्याक्रोन ‘आक्रोशित’ « Khabarhub

रफाहमा इजराइली आक्रमणप्रति म्याक्रोन ‘आक्रोशित’


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार रफाहमा विस्थापित प्यालेस्टिनीहरूका लागि पालले बनेको शिविरमा भएको इजराइली आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ‘तत्काल युद्धविराम’ को माग गरेका छन् । 

उक्त आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

‘यो कारबाही बन्द हुनुपर्छ, प्यालेस्टिनी नागरिकहरूका लागि रफाहमा कुनै सुरक्षित क्षेत्र छैन’, म्याक्रोनले अङ्ग्रेजीमा सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘म अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मान र तत्काल युद्धविरामको आह्वान गर्दछु ।’

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयले रातभर भएको इजराइली आक्रमणमा मर्नेको सङ्ख्या बढेर ४५ पुगेको बताएको छ । आक्रमणमा शिविरमा आगो लागेपछि विस्थापित प्यालेस्टिनीहरू पालभित्रै जिउँदै जलेका थिए । मर्नेहरूमा धेरै महिला तथा बालबालिका रहेका छन् । 

इजराइली सेनाले आक्रमणमा मारिएका नागरिकहरूको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ । उक्त आक्रमणको सम्पूर्ण अरब जगत्मा निन्दा गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ६ : ०३ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको