देश नबनेको दोष कम्युनिस्टले ७० प्रतिशत लिउन्, कांग्रेसले ३० प्रतिशत लिन्छ : विश्वप्रकाश « Khabarhub

देश नबनेको दोष कम्युनिस्टले ७० प्रतिशत लिउन्, कांग्रेसले ३० प्रतिशत लिन्छ : विश्वप्रकाश


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र आएर संविधान बनेयता डेढ दशकमा भए गरेका कमी कमजोरीको दोष कम्युनिस्टले ७० प्रतिशत बोक्नु पर्ने बताएका छन्।

सोमबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको संवादका क्रममा उनले यसो भनेका हुन् ।

‘गणतन्त्र बलियो हुने भनेको संविधानमा लेखिएका अक्षहरहरूले हो । यो गुज्रेको डेढ दशकमा सिक्ने कुरा धेरै छन् । गणतन्त्रलाई लामो सय लिएर जान धेरै सिक्नुपर्ने छ’, उनले भने, ‘कम्युनिस्टले यो डेढ दशकमा ७० प्रतिशत र कांग्रेसले ३० प्रतिशत शासन गर्‍यो । यसको कमजोरी त्यहीअनुसार लिनुपर्छ।’

उनले जनताको अपेक्षाअनुसार राजनीतिक दलहरूले देशलाई गति दिन नसकेको बताए ।

‘हामी दलहरूले हिंसाबाट शान्तिमा जाने जंघार तरेको हो, राजतन्त्रबाट गणतन्त्रको पनि जंघार तरेकै हो’, उनले भने, ‘नेपाल अहिले इतिहासकै सुन्दर घडीमा छ । शान्ति छ, संविधान छ, गणतन्त्र आएको छ । अब जनताका गुनासा सुन्नुपर्छ। जनताका आवाज सम्बोधन गरेर अब नयाँ लहर ल्याउनुपर्छ । स्वदेशभित्र होस् या सात समुद्रपारीसम्मका नेपालीमा देश बनाउने लक्ष्य छ ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ६ : ०९ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर