देश नबनेको दोष कम्युनिस्टले ७० प्रतिशत लिउन्, कांग्रेसले ३० प्रतिशत लिन्छ : विश्वप्रकाश | Khabarhub Khabarhub

देश नबनेको दोष कम्युनिस्टले ७० प्रतिशत लिउन्, कांग्रेसले ३० प्रतिशत लिन्छ : विश्वप्रकाश


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र आएर संविधान बनेयता डेढ दशकमा भए गरेका कमी कमजोरीको दोष कम्युनिस्टले ७० प्रतिशत बोक्नु पर्ने बताएका छन्।

सोमबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको संवादका क्रममा उनले यसो भनेका हुन् ।

‘गणतन्त्र बलियो हुने भनेको संविधानमा लेखिएका अक्षहरहरूले हो । यो गुज्रेको डेढ दशकमा सिक्ने कुरा धेरै छन् । गणतन्त्रलाई लामो सय लिएर जान धेरै सिक्नुपर्ने छ’, उनले भने, ‘कम्युनिस्टले यो डेढ दशकमा ७० प्रतिशत र कांग्रेसले ३० प्रतिशत शासन गर्‍यो । यसको कमजोरी त्यहीअनुसार लिनुपर्छ।’

उनले जनताको अपेक्षाअनुसार राजनीतिक दलहरूले देशलाई गति दिन नसकेको बताए ।

‘हामी दलहरूले हिंसाबाट शान्तिमा जाने जंघार तरेको हो, राजतन्त्रबाट गणतन्त्रको पनि जंघार तरेकै हो’, उनले भने, ‘नेपाल अहिले इतिहासकै सुन्दर घडीमा छ । शान्ति छ, संविधान छ, गणतन्त्र आएको छ । अब जनताका गुनासा सुन्नुपर्छ। जनताका आवाज सम्बोधन गरेर अब नयाँ लहर ल्याउनुपर्छ । स्वदेशभित्र होस् या सात समुद्रपारीसम्मका नेपालीमा देश बनाउने लक्ष्य छ ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ६ : ०९ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल