एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपाल बन्यो च्याम्पियन « Khabarhub

एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपाल बन्यो च्याम्पियन


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालले लगातार १५ औं पटक पनि च्याम्पियन हुन सफल भएको छ।

आइतबार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै १५ औं पटक पनि च्याम्पियन बनेको हो।

प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० कांस्य पदक जितेको छ।

यसैगरी १२ स्वर्णसहित भारत दोश्रो बन्यो। उसले १२ स्वर्णसहित ६ कांस्य तथा १२ कांस्य पदक जित्यो। 

त्यसैगरी पश्चिम बंगालको नेतृत्व गरेको टिएसआरकेकेओ टोली २ स्वर्णसहित तेश्रो बन्यो। दुई स्वर्णसहित यो टिमले  ३ रजत र ७ कांस्य पदक जितेको छ।

प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा र तौल समुहमा २९ स्पर्धामा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिष्पर्धा भएको थियो।
प्रतियोगिताको शनिबार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ६ : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया