एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपाल बन्यो च्याम्पियन « Khabarhub

एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपाल बन्यो च्याम्पियन


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालले लगातार १५ औं पटक पनि च्याम्पियन हुन सफल भएको छ।

आइतबार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै १५ औं पटक पनि च्याम्पियन बनेको हो।

प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० कांस्य पदक जितेको छ।

यसैगरी १२ स्वर्णसहित भारत दोश्रो बन्यो। उसले १२ स्वर्णसहित ६ कांस्य तथा १२ कांस्य पदक जित्यो। 

त्यसैगरी पश्चिम बंगालको नेतृत्व गरेको टिएसआरकेकेओ टोली २ स्वर्णसहित तेश्रो बन्यो। दुई स्वर्णसहित यो टिमले  ३ रजत र ७ कांस्य पदक जितेको छ।

प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा र तौल समुहमा २९ स्पर्धामा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिष्पर्धा भएको थियो।
प्रतियोगिताको शनिबार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ६ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति