मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर, ढल्यो गण्डकी सरकार « Khabarhub

मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर, ढल्यो गण्डकी सरकार


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।

पूर्वमुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले सोमबार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले रिट जारी हुने आदेश गरेसँगै मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत पनि बदर भएको छ ।

६० सदस्यीय प्रदेश सभाका ३० जनाबाट प्राप्त मत बहुमत नहुने निर्णय सर्वोच्चले दिएको हो । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा पाण्डेलाई नै मुख्यमन्त्री हुने बाटो पनि खुलेको छ ।

 यो मुद्दामा मंगलबार र बुधबार बहस भएको थियो । तर सुनुवाइ नसकिएको भन्दै यो रिटलाई  हेर्दाहेर्दामा राखेर सोमबार आदेश जारी गरिएको हो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । तर गत वैशाख २४ गते प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको घोषणा गरिदिए। त्यसपछि कांग्रेस दलका नेता पाण्डे गत वैशाख २५ गते सर्वोच्च पुगेका थिए ।

यो रिटपछि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय गर्न नदिने गरी सर्वोच्चबाटै अन्तरिम आदेश आएको थियो । वैशाख २८ गते न्यायाधीश अव्दुल अजिज मुसलमानको एकल इजलासले अधिकारीलाई दीर्घकालीन असर हुने निर्णय नगर्न भनेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ७ : ४५ बजे

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन