‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक | Khabarhub Khabarhub

‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा (सतीदेवी)को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ ।

यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ। उनीहरुलाई रोइरहेको देख्न सकिन्छ।

यसअघि फर्स्टलुकमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटी रहेको अवस्थामा मलिकालाई परस्तुत गरिएकोमा आज सार्वजनिक भएको पोस्टरले निर्देशक सुबेदीले सिनेमाबाट छोरी हुनुको गम्भीर पीडालाई प्रस्तुत गर्ने बुझ्न सकिन्छ।

यस्तै स्तनपान गराइएको दृश्यले मलिकाको भूमिकामा थप कौतुहलता उत्पन्न गराएको छ। यो कौतुहल्ताले दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ । सिनेमा साउन ४ गते रिलिज हुँदैछ । सिनेमाले सौराह दक्षिण एशियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म,शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेश्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म,सर्वोत्कृष्ट स्क्रीप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेकाले पनि सिनेमाले दर्शकलाई रिझाउने उच्च सम्भावना छ।

सिनेमाको कथा–पटकथा पनि सुवेदीले नै तयार पारेका हुन्। दिलासा र साराको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत्तसँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।

सिनेमाको पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन भने फोटो श्रीधर पौडेलले कैद गरेका हुन्। चलचित्रको वितरण काठमाडौँमा रिच इन्टरटेन्टमेन्ट र काठमाडौँ बाहिर एफडि कम्पनीले गर्नेछ ।

 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ८ : १९ बजे

निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले

काठमाडौं- संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा

हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि…

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान

प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट

काठमाडौं- प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

महेन्द्रनगर– लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

चितवन– भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरूलाई बजेट वितरण गर्ने