बालुवाटार बैठक : टिओआरबारे दलहरू सहमति नजिक, भोलि अन्तिम रूप दिने « Khabarhub

बालुवाटार बैठक : टिओआरबारे दलहरू सहमति नजिक, भोलि अन्तिम रूप दिने


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा समितिको टिओआरबारे गम्भीर छलफल भयो । हाम्रो छलफल निष्कर्षउन्मुख छ, भोलि कार्यदलले अन्तिम रुप दिन्छ ।’

कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले समितिको कार्यादेशमा लगभग सहमति भएको बताए । मङ्गलबार बस्ने कार्यदलको बैठकले कार्यादेशलाई अन्तिम रुप दिने उनको भनाई छ । भोलिको संसद बैठक कांग्रेसले अवरोध नगर्ने गिरीले जानकारी दिए ।

उनले भने, ‘ आजको छलफल उत्साहजनक भयो । सहमतिको करिब–करिब नजिक छौँ । सहमति नै भयो भन्न सकिन्छ । भोलि बिहान ११ बजे हामी कार्यदलको बैठक बस्छौँ । त्यसले अन्तिम रुप दिन्छ । भोलिबाट संसद बैठक सुचारु हुने, जुन डेडलक छ यसको अन्त्य पनि हुन्छ । छानबिन समिति पनि बन्छ, त्यसको कार्यादेश भोलि बिहान ११ बजे पछि जारी हुन्छ ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १० : १७ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर