युरोकप : जर्जियासँग पोर्चुगल स्तब्ध « Khabarhub

युरोकप : जर्जियासँग पोर्चुगल स्तब्ध


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा जर्जियासँग पोर्चुगल स्तब्ध बनेको छ ।
गएराति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले स्तब्ध बनाउँदै जर्जिया नकआउट चरणमा पुगेको छ ।

जर्जियाका लागि खभिच भारतखेलिया र जर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए ।

जर्जियाका खभिचले खेल सुरु भएको दोस्रो मिनेटमै टोलीका लागि सुरुवाती गोल गरेका थिए । यस्तै, मिकाउटाजेले ५७औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै जर्जियालाई २–० गोलको जित दिलाएका थिए ।

यो जितसँगै जर्जिया तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत पोर्चुगल समूहको शीर्षस्थानमा छ ।  

 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : ५४ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा