सनसनीपूर्ण खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो मात्र ५७ रनको चुनौती « Khabarhub

सनसनीपूर्ण खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो मात्र ५७ रनको चुनौती

विश्वकपको पहिलो सेमिफाइनल


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले खराब ब्याटिङ गरेको छ। सनसनीपूर्ण प्रदर्शन गरेको दक्षिण अफ्रिकाले अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानलाई टिक्न दिएन। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोड्न सकेको हो।

दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका छन्। कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट हात पारे।

अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको थियो। रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको अफगानिस्तानले इब्राहिम जाद्रानलाई दुई रन बनाउँदा गुमाएको थियो। गुलबदिन नायबले ९ रन, अजमातुल्लाह उमरजाईले १० रन बनाए भने नङ्गेलिया खरोटेले दुई रन मात्र जोड्न सके।

अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन नै बनाए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भए भने नवीन उल हकले मात्र दुई रन बनाए।

समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलमा कमजोर सावित भएको हो। ५७ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : २७ बजे

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त