अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा | Khabarhub Khabarhub

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका थिए भने कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट लिएका थिए।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको थियो। इब्राहिम जाद्रानलाई दुई, गुलबदिन नायब ९, अजमातुल्लाह उमरजाई १० रनमा आउट गरेको दक्षिण अफ्रिकाले नङ्गेलिया खरोटेले दुई रनमा समेटेको थियो।

अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन बनाएका थिए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भएका थिए भने नवीन उल हकले मात्र दुई रन बनाएका थिए।

समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलबाट घर फर्किएको हो। दक्षिण अफ्रिकाले दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबिच बिहीबार (आज) राति प्रतिस्पर्धा हुँदैछ। दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ८:१५ बजे खेल सुरु हुनेछ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ८ : २८ बजे

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम