युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा « Khabarhub

युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको  युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ ।

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् ।

जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश र हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन् ।

जस अन्तर्गत समूह ‘ए’ बाट जर्मनी विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् । हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

यस्तै, समूह ‘बी’ बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् । क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड विजेता र डेनमार्क उपविजेता बन्दै
अन्तिम १६ मा पुग्दा स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा उक्लिएको छ । यो समूहबाट सर्बिया बाहिरिएको छ ।

समूह ‘डी’ बाट अस्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्दा  समूह ‘इ’ बाट रोमानिया, बेल्जियम र स्लोभाकिया नकआउटमा पुगेका छन् ।

समूह ‘एफ’ बाट पोर्चुगल विजेता र टर्की उपविजेता बन्दै नक आउट चरणमा पुगेका छन् भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ ।

अब नकआउट चरणमा स्पेन र जर्जिया, जर्मनी र डेनमार्क, पोर्चुगल र स्लोभेनिया तथा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, रोमानिया र नेदरल्याण्ड्स, अस्ट्रिया र टर्की, इंग्ल्याण्ड र स्लोभाकिया तथा स्वीट्जरल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणका खेल जुन २९ देखि सुरु हुनेछन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ५३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२