युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा | Khabarhub Khabarhub

युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको  युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ ।

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् ।

जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश र हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन् ।

जस अन्तर्गत समूह ‘ए’ बाट जर्मनी विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् । हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

यस्तै, समूह ‘बी’ बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् । क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड विजेता र डेनमार्क उपविजेता बन्दै
अन्तिम १६ मा पुग्दा स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा उक्लिएको छ । यो समूहबाट सर्बिया बाहिरिएको छ ।

समूह ‘डी’ बाट अस्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्दा  समूह ‘इ’ बाट रोमानिया, बेल्जियम र स्लोभाकिया नकआउटमा पुगेका छन् ।

समूह ‘एफ’ बाट पोर्चुगल विजेता र टर्की उपविजेता बन्दै नक आउट चरणमा पुगेका छन् भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ ।

अब नकआउट चरणमा स्पेन र जर्जिया, जर्मनी र डेनमार्क, पोर्चुगल र स्लोभेनिया तथा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, रोमानिया र नेदरल्याण्ड्स, अस्ट्रिया र टर्की, इंग्ल्याण्ड र स्लोभाकिया तथा स्वीट्जरल्याण्डइटालीबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणका खेल जुन २९ देखि सुरु हुनेछन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ८ : ५३ बजे

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३