कांग्रेस सांसद पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने « Khabarhub

कांग्रेस सांसद पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् ।

उनले रिङरोडको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने भएका हुन् ।

केही दिनअघि मात्रै नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । साथै उनले यस विषयमा संसदमा पटक पटक आवाज समेत उठाउँदै आएका छन् ।

उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूतसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए।

काठमाडौंको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा यहाँको वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ।

सरकारले यति महत्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्य मा खेलबाड गरिरहेको उनको आरोप छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १० : ११ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका