मृत्युको कारण बन्दै जङ्गली च्याउ, कसरी चिन्ने विषालु च्याउ ? | Khabarhub Khabarhub

मृत्युको कारण बन्दै जङ्गली च्याउ, कसरी चिन्ने विषालु च्याउ ?


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

च्याउ स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। नेपालमा पनि च्याउ खाने चलन बढ्दै गएको छ। कुनै समय कहिले बाहुनले च्याउ खाएको थियो र ? भन्ने उखानलाई पनि चिर्दै बाहुनहरुको भान्सामा पनि च्याउको तरकारीले स्थान बनाइरहेको छ। घरको भान्सादेखि होटल रिसोर्टमा च्याउका परिकारप्रति रुचि बढेको देखिन्छ। माछा मासु नखानेका लागि च्याउ एक महत्त्वपूर्ण विकल्पको रूपमा उपयोग भएको पाइन्छ।

सहरमा तरकारी बजारबाट च्याउ किनेर ल्याउने प्रचलन भए पनि गाउँघरमा पसलबाट च्याउ किन्नुको सट्टामा कतिपयले जंगलबाट ल्याउने गर्दछन्। यस्तो अवस्थामा धेरै पटक विषालु च्याउका कारण मृत्युको खबर आउने गर्छ। धेरैले च्याउ खाएकै कारण अकालमा ज्यान गुमाउनुपरेको हामीले सुन्दै आएका छौँ। वर्षा सुरु भएसँगै यसवर्ष पनि धेरै जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा विषालु च्याउ सेवन गर्दा बर्षेनी औसतमा २० देखि ३० जनाभन्दा बढीले ज्यान गुमाउने गरेका तथ्यांक रहेको विज्ञ बताउँछन्।

विषालु च्याउ कसरी चिन्ने ?
विषालु च्याउ र खान हुने च्याउ भनेर छुट्याउनका लागि अहिलेसम्म भरपर्दो प्रविधिको विकास भइसनसकेको च्याउ विज्ञ डा.जयकान्त राउत बताउँछन्। खबरहबसँग कुरा गर्दै डा. राउतले भने जङ्लमा पाइने सबै च्याउ खान नहुने खालका हुन्छन् भन्ने छैन।

नेपालमा करिब १३ सय प्रजातिका च्याउ पाइन्छन्। त्यसमध्ये १ सय ५९ प्रकारका च्याउ ग्रामीण भेगमा बसोवास गर्नेले खाने गरेका छन्। त्यसमा पनि १ सय प्रकारका च्याउमा सामान्य विषालु प्रकृतिका देखिएका छन् भने बाँकी ५९ प्रकारका च्याउ सामान्य खालका रहेका छन्। कुन च्याउ विषालु हो भनेर थाहा पाउनका लागि लागि प्रशस्त अनुभव र विज्ञताको खाँचो छ। नेपालमा खासगरेर च्याउ पहाडी क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको संकलन गर्ने गरिएको छ। विषालु च्याउ छुट्याउने हाम्रा केही स्थानीय मान्यता छन्। जस्तैः

च्याउ पकाउँदा चाँदीको चम्चा चोप्ने अर्थात् लसुनको पोटी हाल्ने र कालो भए विषालु मान्ने नभए खान योग्य मानेर खाने, चुक राखेर पकाउने, नुन पानीले पखाल्ने यस्तो तरिकाले पकाएर खाँदा कुनै कुनै सामान्य विष भएका च्याउको विष नष्ट हुन्छ। तर सबै च्याउमा एउटै प्रकारको विष नहुनसक्छ कुनैकुनै विष यति कडा हुन्छन् कि जति पकाउँदा पनि विष नष्ट हुँदैन। जसको परिणाम वर्षेनी एउटै टोल र समुदायमा अकालमा मान्छेले ज्यान गुमाउने गरेका उनले बताए।

विषाक्त च्याउ खाँदा स्वास्थ्यमा देखिने समस्या
विषालु च्याउले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ। त्यस्तै कुनैकुनै च्याउमा एकदमै कडा खालको प्राणघातक विष पनि पाइने डा. राउतले बताए।

त्यसमध्येको एउटा हो अमोनिटा यो प्रजातिको च्याउले विशेष गरेर कलेजो मिर्गौला गम्भीर असर गर्छ। यदि समयमै उपचार गरिएन भने बिरामीको ज्यानै समेत जानसक्ने अथवा मिर्गौला र कलेजो फेर्नुपर्ने अवस्थासम्म आउनसक्छ। यो विषको असर खाने बित्तिकै देखिँदैन ३६ घण्टादेखि ३ हप्तापछि पनि देखिन सक्छ। त्यसबेलासम्म विषले शरीरमा धेरै असर गरिसकेको हुन्छ र ज्यानै जाने जोखिम रहन्छ। त्यस्तै ओरेलिन, सिलीकोविन लगायतका विष छन् जसको अहिलेसम्म एण्टीडोज पनि बनिनसकेको उनले बताए।

डा. राउत भन्छन् त्यस्ता ग्रामीण भेग जहाँ वर्षेनी विषालु च्याउका कारण मानिसले ज्यान गुमाइरहेका छन्। ती क्षेत्रका स्वास्थ्यचौकीमा यससम्बन्धी डाक्टर पनि तयारी अवस्थामा नभएको अवस्था छ। जस्तै सर्पले टोक्दा त्यसको एण्टीडोज हुन्छ। त्यस विषयमा राम्रो उपचार हुन्छ। यो विषालु च्याउको बारेमा हुनुपर्ने हो। जसमा प्राप्त एण्टीडोज दिएर उपचार गर्ने व्यवस्था हुनुपर्ने, एण्टीडोज प्राप्त नभएको अवस्थामा विषलाई बमिट गराएर हुन्छ या कसरी हुन्छ शरीर भित्रको विषलाई बाहिर निकाल्नुपर्ने तर नेपालमा यसबारे कुनै तयारी नै भएको पाइदैन।

विषालु च्याउ खाँदा देखिने लक्षण
विभिन्न प्रकारका च्याउमा फरकफरक विषाक्तहरु पाइन्छ कुनै विषाक्तका कारण मिर्गौला, कलेजो, लगायतका अङ्गमा असर गर्छ कुनै च्याउले स्नायु प्रणालीहरुमा असर गर्छ। त्यसैले च्याउले असर गर्ने अङ्गहरुका आधारमा लक्षणहरु पनि फरक फरक हुन्छन्। जस्तै झाडापखाला हुने, बान्ता हुने, मुटुको धड्कन कम हुने, ब्लड प्रेसर कम हुने, पसिना आउने, काप्ने, धमिलो दृष्टि हुने, आँशु आउने, असह्य तरिकाले पेट दुख्ने, तिर्खा लाग्ने, रिंगटा लाग्ने लगायतका लक्षण देखिने डा. राउतले बताए।

नेपालमा जङ्गली च्याउका कारण हुने मानवीय क्षति
विषालु च्याउ सेवनबाट ठूलो संख्यामा मानिसको मृत्यु हुने गरेको पाइन्छ। विशेषगरी वर्षायाममा देशभरका विभिन्न स्थानमा विषालु च्याउको सेवनबाट धेरैको ज्यान जाने गर्छ।

तर हरेक वर्ष विषालु च्याउकै कारण कति जनाको ज्यान जान्छ भन्ने स्पष्ट विवरण भने नभएको सरकारी अधिकारी बताउँछन्। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका एक अधिकारीले भने विषालु च्याउबारे जनचेतनामुलक पम्पलेट छापेर चेतना फैलाउने काम गर्ने गरिएको छ। हरेक कति जनाले ज्यान गुमाउँछन् र कति बिरामी हुन्छन् भन्ने जानकारी हामीसँग हुँदैन।

च्याउ विज्ञ डा. राउत भन्छन् यसबारे रेकर्ड राख्ने सिस्टम नै नेपालमा नभएकोले विभिन्न सञ्चारमाध्यममा आएको समाचार र अस्पतालको रेकर्डलाई आधार मानेर हेर्ने हो भने वर्षेनी २० देखि ३० जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ।

यो विवरण आधिकारिक भने होइन। जङ्गली च्याउ धेरैजसो दुर्गम क्षेत्रका मानिसले प्रयोग गर्छन् जहाँ सञ्चारमाध्यमको पहुँच र उपचारको व्यवस्था हुँदैन र कतिपय अवस्थामा च्याउ खाएर बिरामी भएका भन्ने ज्ञान पनि नहुने भएकाले धामी झाक्री गर्दागर्दै मृत्यु हुने गरेका घटना धेरै हुने गरेकाले अकालमै ज्यान गुमाउनेको संख्या यो भन्दा धेरै पनि हुनसक्ने उनले बताए।

धेरै प्रयोग हुने च्याउ र यसले स्वास्थ्यमा गर्ने फाइदा
आम मानिसले प्रयोग गर्ने बजारमा किनबेच भइरहेको च्याउमा कुनै दुविधा नै भएन। जस्तै कन्य, सिताके, गोब्रे, रातो च्याउ लगायतका च्याउ प्राय जिल्लामा उत्पादन भइरहेका छन्। त्यही च्याउ बजारमा खपत भइरहेको छ। यी च्याउहरु यो सिजनमा जङ्गलमा पनि उम्रिने गर्दछ। संकलन गरेर स्थानीय बजारमा कारोवार पनि हुने गरेको छ।

विश्व बजारमा स्वास्थ्यका हिसाबले च्याउ एकदमै लाभदायी मानिन्छ। माछामासु नखानेका लागि यसले मासुबाट पाइने प्रोटिनको परिपूर्ति गर्छ। यसलाई सेतो मासु पनि भन्ने गरिएको छ। यसका साथै यसकमा धेरै औषधीय गुण पनि पाइने उनले बताए। ठुलाठुला होटेल रेष्टुरेण्टमा यसलाई सुपर फुड्सको रुपमा लिइन्छ। त्यसैले यसप्रति अहिले आकर्षण पनि बढ्दै गएको उनले बताए।


च्याउको विषबाट बच्न के गर्ने ?
मूल्यवान च्याउ पनि जङ्गलमा पाइन्छन्। जुन स्थानीयहरुले वषौंदेखी खाँदै आएका छन्। यो नौलो होइन र यसबाट हुने मानवीय क्षति पनि नेपालको मात्रै समस्या नभएर विश्वका विभिन्न विकसित देशहरुको समस्या हो। तर नेपालमा यो दुर्घटना अर्थात् मानवीय क्षति वर्षेनी त्यहि ठाउँ र समुदायमा दोहोरिने गरेको उनले बताए।

त्यसैले च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्ने प्रयास गर्नुपर्दछ। यसका लागि बिरामी होसमै छ भने नुन पानी खान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै विधि अपनाउने, परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ। विषतर सबै भन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनुपर्छ र उपचारका लागि पनि यस सम्बन्धी दक्ष जनशक्तिको व्यवस्था हुनुपर्दछ।

यसका लागि सरकारले पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत जनतामा सचेतना फैलाउन जरुरी रहेको उनले बताए। विभिन्न निकायबाट च्याउको व्यावसायिक खेतीका बारेमा तालिम दिइन्छ तर दुर्भाग्य च्याउको बिषाक्तताको बारेमा खासै बुझाउने चलन छैन।

यस्ता घटना दोहारिन नदिन केही रोकथामका उपाय गर्नु आवश्यक रहेको उनले बताए। जस्तै जङ्गल नजिक बसोवास गर्ने समुदायले जङ्गली च्याउको उपभोग गर्ने भएकाले ति क्षेत्रको जङ्गलमा पाइने च्याउको बारेमा अनुसन्धान गर्ने, ति च्याउ कुन खानु हुन्छ र कुन खानु हुँदैन भन्नेबारे स्थानीयलाई जानकारी गराउने, ती च्याउको फोटो विद्यालय हेल्थपोष्ट लगायतका सार्वजनिक ठाउँमा राख्ने लगायतका चेतनामुलक सन्देश फैलाउनु आवश्यक छ।

कस्तो च्याउ कसरी खाने ?
– च्याउको उपभोग गर्नेले सकभर आफूले चिनेको र अभ्यस्त भएको च्याउ मात्र संकलन गर्ने वा बजारमा बिक्रीवितरण गर्ने र खाने गर्नुपर्छ।

– संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवम् टिनको बाकस प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने।
सकभर दुई प्रजातिका फरक- फरक च्याउसँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने।

– उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ११ : ११ बजे

पीडितलाई न्याय महसुस हुनेगरि कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर

वर्तमान सत्ता समीकरण ८४ सम्म कायम रहन्छ : विमलेन्द्र निधि

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु

लखनऊ- भारतको उत्तरप्रदेश राज्यमा बिहीबार दिउँसो एउटा रेल लिकबाट उत्रिएको

बिजुलीको साढे ८ अर्ब नतिर्ने यी हुन् ५७ उद्योग (सूचीसहित)

काठमाडौं- शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको सपथ खाएका प्रधानमन्त्री केपी

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने