पाकिस्तानमा गर्मीको कहर, छ दिनमा ५०० भन्दा बढीको ज्यान गयो « Khabarhub

पाकिस्तानमा गर्मीको कहर, छ दिनमा ५०० भन्दा बढीको ज्यान गयो


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ ।

कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव संकलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ ।

यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि गएको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।

गत आइतबार र बुधवारको बीचमा कराचीको सिभिल अस्पतालमा तातो स्ट्रोकका कारण २६७ जनालाई भर्ना गरिएको थियो । तीमध्ये १२ जनाको पनि मृत्यु भएको आपतकालीन विभागका प्रमुख डा इमरान सरवर शेखले जानकारी दिएका छन् ।

गत साताको अन्त्यमा पाकिस्तानमा बढेको तापक्रमलाई आंशिक गर्मीको लहर पनि भनिएको थियो। जनतालाई राहत प्रदान गर्न गर्मीको लहरबाट जोगाउन शिविर र केन्द्र स्थापना भइरहेका छन् । सहयोगको खाँचोमा परेका धेरै मानिस अस्पतालसम्म पुग्न नसकेको बताइएको छ ।

बढ्दो गर्मी बाहेक, बिजुली कटौती पनि कराचीका जनताको लागि ठूलो समस्या भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना सिन्ध प्रान्तको राजधानी कराँचीमा ५२.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १२ : ३३ बजे

सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित, बिरामी मर्कामा 

काठमाडौं– धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवामा अत्यधिक चाप बढेपछि

सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्ने ५ सय सय ९९ जना प्रहरी कारबाहीमा

काठमाडौं– नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम्

ग्रिनल्यान्ड अधिग्रहणबारे ट्रम्पको संकेतपछि अन्तर्राष्ट्रिय विवाद चर्कियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई

हिमपात र अत्यधिक चिसोका कारण पेरिसमा १४० उडान रद्द

एजेन्सी– हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी

विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष