म्यान्मारमा सेना हारनजिक पुग्दा भारत र चीनको भूमिका निर्णायक | Khabarhub Khabarhub

म्यान्मारमा सेना हारनजिक पुग्दा भारत र चीनको भूमिका निर्णायक


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : म्यान्मारमा चलिरहेकव गृहयुद्धमा अब सत्तारूढ सेना हारनजिक पुग्न थालेको छ ।

विद्रोहीहरूले चीन र भारत दुवैतर्फको सीमाक्षेत्र आफ्नो कब्जामा पारेका छन् ।

युद्धका कारण हजारौँको संख्यामा मानिसहरू भारतमा शरणार्थी हु्न विवश भएका छन् ।

म्यान्मारको युद्धका कारण निम्तिएको अस्थिरताले भारतमा हतियार र मादक पदार्थको तस्करी बढेको छ ।

म्यान्मारमा युद्ध भीषण बन्दै गर्दा चीनले आफ्नो पकड बढाउँदै लगेको छ । चीनले म्यान्मारको सैन्‍य जुन्टा र विद्रोही दुवै पक्षलाई हतियार दिइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

यसका कारण तनाव लगातार बढिरहेको छ । उता भारतले पनि सैन्‍य जुन्टालाई सहयोग दिइरहेको छ । यस्तोमा भारतीय विदेश मन्त्री एस जयशंकरले खुलेर म्यान्मारमा लोकन्त्र बहालीका लागि भारत हरेक किसिमको सहयोगका लागि तयार रहेको बताएका छन् ।

एस जयशंकरले म्यान्मारका उपप्रधानमन्त्री थान श्‍वेसँग नयाँ दिल्‍ली भएको वार्ताका क्रममा बुधबार त्यहाँको हिंसा र अस्थिरताप्रति गहिरो चिन्ता जनाएका छन् ।

जयशंकरले म्यान्मारबाट भारतमा हतियार र लागुऔषधको तस्करीको खतराप्रति थान श्‍वेलाई सचेत गराएका छन् ।

थान श्‍वे म्यान्मार जाने क्रममा दिल्लीमा रोकिएका थिए । त्यही क्रममा जयशंकरसँग वार्ता भएको हो ।

म्यान्मारमा फेब्रुअरी २०११ मा सैन्‍य शासन आएपछि पहिलो पटक सैन्‍य जुन्टाका कुनै वरिष्‍ठ पदाधिकारीले भारत यात्रा गरेका हुन् ।

म्यान्मारमा सैन्‍य कू भएपछि पश्चिमी देशहरूले सैन्‍य जुन्टामाथि कयौँ किसिमका प्रतिबन्ध र नाकाबन्दी लगाएका छन् ।

भारतीय विदेश मन्त्रीले उक्त भेटबारे एक्समा लेखेका छन् । ‘म्यान्मारका उपप्रधानमन्त्री-सह-विदेश मन्त्री यु थान श्वे आज नयीँ दिल्लीबाट गइरहनु भएको थियो । यस क्रममा हाम्रो भेटवार्ता भयो । यस क्रममा हाम्रो सीमासँगै चलिरहेको हिंसा र अस्थिरताको प्रभावलाई लिएर हामीले गहिरो चिन्ता जनाएका छौँ । भारत यस स्थितिको सामना गर्न सबैसँग मिलेर काम गर्न तयार छ । मैले अहिलेका चुनौतीबारे पनि कुरा उठाएँ’, उनले भनेका छन्, ‘खासरुपमा अवैध मादक पदार्थ, हतियार तस्करी र मानव तस्करीको मुद्दा उठाएको छु । म्यावाडीमा फसेका भारतीय नागरिकलाई यथाशीघ्र फिर्तीका लागि सहयोग मागेको छु । म्यान्मारमा चलिरहेको हाम्रो परियोजनाका लागि विश्वसनीय सुरक्षाको कुरा भएको छ । म्यान्मारलाई लोकतान्त्रिक परिवर्तनको बाटोतर्फ शीघ्र फर्काउन आग्रह गरेको छु । भारत यसमा कुनै पनि किसिमको मद्दत गर्न तयार छ।’

म्यान्मारमा पछिल्ला केही महिनामा सैन्य जुन्टा सरकारलाई नमिठो हारको सामना गर्नुपरिरहेको छ । विद्रोही गुट ‘अपरेशन १०२७’ चलाइरहेका छन् । यी समूहले साना-साना मिलिसियालाई साथमा लिएर भारत, चीन र बंगलादेशसँगको व्‍यापारका लगभग सबै मुख्‍य व्‍यापार मार्ग कब्जा गरेका छन् ।

यतिमात्रै होइन, विद्रोही सेनाले म्यान्मारको सेनाका सयौँ ब्यारेक कब्जा गरिसकेका छन् । अब सैन्‍य जुन्टा सरकारको पकड केवल देशको मध्‍य इलाकसम्म खुम्चिएको छ ।

अप्रिलमा विद्रोही समूह सितवे बन्दरगाहतर्फ बढेका थिए, जसलाई भारतले बनाइरहेको छ । भारतले यहाँ रहेको आफ्नो महावाणिज्य दूतावास पनि बन्द गरिसकेको छ । उसले यहाँका आफ्ना कर्मचारीलाई पनि निकालेको छ ।

म्यान्मारका विद्रोही समूह अब भारतसँग जोडिएको इलाकामा प्रभाव बढाइरहेका छन् । यसले भारतमा सुरक्षा चुनौती बढाएको छ । म्यान्मारमा रहेको चिनियाँ समूहले विद्रोहीहरुलाई प्रयोग गरेर भारतको मणिपुर क्षेत्रमा हतियार पठाइरहेको दाबी गरिएको छ ।

चिनियाँ समूह म्यान्मारमा रहेर अनलाइन अपराधमा लागेको आरोप छ । तनावबीच भारत र चीनको भूमिका यहाँ निर्णायक देखिएको छ । म्यान्मारलाई पूरै चीनको पकडमा जान नदिन भारतले त्यहाँ लोकतन्त्र बहालीको मुद्दा उठाइरहेको छ ।

म्यान्मारमा जुन्टा सैन्य सरकारलाई चीनको समर्थन रहने गरेको छ । चीन म्यान्मारको बाटो हुँदै बंगालको खाडीसम्म बाटो बनाउन लागेको छ । जसमा तेल र ग्यासको पाइपलाइनसहितका परियोजना छन् । चीनको सबमरिन पनि म्यान्मारको बन्दरगाहमा देखिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १ : ०६ बजे

विराट कोहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको

भारतविरुद्ध हेनरिक क्लासेनले पुरा गरे अर्धशतक

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले

टी–२० विश्वकप : दक्षिण अफ्रिकाद्वारा सय रन पुरा

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राष्ट्रिय एकता