फेरि विवादमा राजेशपायल, उड्न लागेको जहाजबाट निकालेर प्रहरीको जिम्मा « Khabarhub

फेरि विवादमा राजेशपायल, उड्न लागेको जहाजबाट निकालेर प्रहरीको जिम्मा


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईको दुबई सहरमा सांगीतिक कार्यक्रमका लागि जान लागेका गायक राजेशपायल राई अर्को विवादमा मुछिएका छन् ।

बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट दुबईका लागि उड्न पुगेका उनलाई मादक पदार्थ पिएर लफडा गरेपछि त्यहीँबाट फिर्ता गरिएको छ।

फ्लाई दुबई एयरलाइन्सको जहाजबाट उड्न लागेका राईलाई मादक पदार्थले मातेर लफडा गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो ।

अत्यधिक मदिरा पिएका उनले बोर्डिङ पास पनि गरिसकेर जहाजमा हल्ला गरेपछि फ्लाई दुबईका कर्मचारीले प्रहरीको जिम्मा लगाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) राजदत्त जोशीका अनुसार फ्लाई दुबईकै कर्मचारीले राईलाई जिम्मा लगाइदिएका हुन् ।

‘राजेशपायलले अत्यधिक मदिरा पिएर जहाजमा हल्ला गरेको जानकारी आयो । जहाजमा पालना गर्नुपर्ने नियममा नबसेपछि एयरलाइन्सका कर्मचारीले त्यहाँ ड्युटीमा रहेका प्रहरी बोलाएर जिम्मा लगाएका हुन् ,’ उनले भने ।

राजेशपायललाई फर्काएको जहाज अहिले दुबई पुगिसकेको छ। जहाजमा मदिरा पिउन पाइन्छ । तर हल्ला गर्न पाइँदैछ । राईले उक्त नियम तोडेपछि जहाजका कर्मचारीले फर्काएर पुलिसलाई जिम्मा लगाइदिएका हुन् ।

बिहानको उडानबाट फर्काइए पनि राईलाई मदिराले छाडेपछि दुबई जान सक्नेछन् । उनी अहिले विमानस्थल प्रहरीमै रहेका छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  १२ : ५७ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल