नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी  « Khabarhub

नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी 


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । 

साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता भने ऋणपत्र (डिबेन्चर)मा लगानी गर्न थालेका छन् ।

आज बढी अंकले बढ्नेमा सबैभन्दा धेरै डिबेन्चरको शेयर रहेको छ । नेप्से घट्ता फाइनान्स बढ्ने गरेकोमा आज भने नेपाल फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।  

बिहीबार ४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा वाणिज्य बैंक, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्य पनि बढेको छ । आज वाणिज्य बैंक ०.०९ अंकले, म्युचअल फण्ड ०.०१ अंकले र अन्य समूह १५.१० अंकले बढेको छ । 

आज १८८ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा बढी लाइफ इन्स्युरेन्स समूह बढी घटेको छ । लाइफ इन्स्युरेन्स समूह ९९.०१ अंकले घटेको छ । 

आज नेप्से परिसूचक २०५१.९२ अंकमा पुग्दा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ । 

आज शेयर मूल्य बढेको १० मध्ये ८ वटा डिभेन्चर रहेका छन् भने घट्नेमा हाइड्रो, म्युचुअल फन्ड, फाइनान्स र लघुवित्त रहेका छन् । 

आज १० प्रतिशतले घटेको नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । बिहीबार नेपाल फायनान्सको २२ करोड ७६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी शेयर कित्ता हिमालयन पुनर्बीमा कम्पनीको भएको छ । हिमालयको आज एकै दिन ४ लाख २ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ ।

आज ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५० हजार २८१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ३ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार