चिनियाँसँग बिहेको बहानामा डेढ लाखमा बेचियो नेपाली युवतीलाई « Khabarhub

चिनियाँसँग बिहेको बहानामा डेढ लाखमा बेचियो नेपाली युवतीलाई

चीनमा बन्धक युवतीको उद्धार


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवाहको बहानामा एकजना नेपाली युवतीलाई चीन पुर्‍याएर बेचेको खुलेको छ ।

भारत र खाडी मुलुकहरूमा नेपाली युवतीहरू बेचिएको समाचार आइरहेका बेला अब चीनमा पनि बेच्न थालिएको खुलासा प्रहरीले गरेको हो ।

प्रहरीले एकजना युवतीलाई चीनमा लगेर बेचेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदह निवासी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार पक्राउ गरेको छ ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा एकजना नेपाली युवतीलाई यही असार ९ गते उद्धार गरिएको थियो ।

चीनबाट उद्धारपछि नेपाल फर्काइएकी ती युवतीको जाहेरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंको सुन्दरीलाई पक्राउ गरेको हो ।

राईले पीडितलाई सामाजिक सञ्जाल म्यासेन्जरमार्फत कुराकानी गरी फकाएकी थिइन् ।

आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा बस्न थालेको १० वर्ष भएको बताउँदै पीडित युवतीलाई उनले फकाएको खुलेको छ ।

उनले चीनमा धेरै राम्रो हुन्छ, विवाह गरेर चीनमा आउनू, विवाहका लागि तयार केटा धनी र राम्रो रहेको प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा बोलाएकी थिइन् ।

त्यसपछि उनले चिनियाँ युवासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएकी थिइन् । त्यहाँ उनलाई सुन्दरी १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचेको खुलेको छ ।

ती युवतीलाई डेढ लाखमा किनेका चिनियाँ नागरिकले घरैमा बन्धक बनाएर शारीरिक र मानसिक यातना तथा यौन शोषण गरेको पीडितले बताएकी छन् ।

राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी कारबाही अघि बढाइएको छ। यसबारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ४ : १६ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले