धनुषामा रोपाइँ सुरु, मल अभाव रहेको किसानको गुनासो « Khabarhub

धनुषामा रोपाइँ सुरु, मल अभाव रहेको किसानको गुनासो


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ ।

असार लागेसँगै जिल्लाका कतिपय किसानले मल बिना नै धान रोपाइँ गरिरहेका छन् । यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसान बताउँछन् ।

संघीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल प्रयाप्त मात्रामा भए पनि किसानलाई उपलब्ध हुन नसकेको मनोहर यादवले गुनासो गरे। उनका अनुसार असार लागेसँगै कतिपय किसानले मलबिना नै रोपाइँ गरिरहेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म २४ करोड ४१ लाख ७३ हजार पाँच सय ५० बराबरको ९३ हजार तीन सय ३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ ।

नौ करोड ३३ लाख ७६ हजार एक सय ३० बराबरको पाँच हजार पाँच सय १३ मेट्रिक टन युरिया, १६ करोड ४३ लाख ४५ हजार बराबरको तीन हजार पाँच सय ७२ मेट्रिकटन डिएपी, ५७ लाख ८१ हजार सात सय मूल्य बराबरको एक सय ७० मेट्रिकटन पोटास तथा रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिए। 

उनका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया दुई हजार दुई सय ६२ मेट्रिकटन, डिएपी एक सय १४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ ।

यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताए। स्थानीय पालिकाले समयमा मलका लागि ढुवानी खर्च, ‘लोड’ र ‘अनलोड’ गरी बिक्री गर्ने दररेट कायम नगर्दा बिक्रेताले किसानलाई बिक्री गर्न नसकेका हुन् ।

भारतबाट कम गुणस्तरको मल ल्याउँदा जमिनको उत्पादन क्षमतामा ह्रास आउँदै गएको किसान यादवले बताए। कृषि सामग्री संस्थाबाट मल नपाउँदा  सोनमा गाउँपालिकाका किसानले भारतीय बजारबाट बढी मूल्यमा मल ल्याएर रोपाइँ गरिरहेका उनले जानकारी दिए। 

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक महतोका अनुसार किसानको आवश्यकता अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । 

सहजरूपमा मल पाउन गाह्रो रहेको महेन्द्रनगरका किसान रामकुमार महतोले बताए । स्थानीय तहले मल वितरण प्रणालीमा पारदर्शिता लागू नगर्दा किसानलाई समयमा मल पाउन सकस भएको उनको बुझाइ छ ।

प्रदेश सरकारमार्फत पालिकाले पाएको कोटा अनुसारको मल समयमा नउठाउँदा रोपाइँको समयमा अधिकांश किसानले मल पाउन सकेका छैनन् । कार्यालयले किसानलाई सहुलियत दरमा युरिया प्रति बोरा आठ सय ५०, डीएपी पचास किलोको प्रतिबोरा दुई हजार तीन सय ५०, पोटास प्रतिबोरा एक हजार सात सय ५० मा बिक्री गर्दै आएको छ । 

स्थानीय बिक्रेताले जथाभावीरुपमा बिक्री वितरण गर्दा किसानले बाध्य भएर भारतीय बजारबाट खरिद गर्नुपरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ४ : ४१ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र