‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ « Khabarhub

‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यका वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘उनलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए । 

‘राष्ट्रपति डा. मोहम्मद मुइजुमाथि कालो जादु गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ । 

मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादुटुना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ । 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ४ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको