मधेशलाई पर्यटकीय हव बनाउनुपर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

मधेशलाई पर्यटकीय हव बनाउनुपर्छ : मुख्यमन्त्री सिंह


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव बनाउने योजनामा आफूहरू अग्रसर भएको बताएका छन ।

मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडि बढिसकेको बताउँदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए ।

महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री सिंहलाई पर्यटकीय गन्तव्य बनाउने योजनाहरू सुनाउँदै गौतमले मधेशमा निजी लगानीमा नै पाँच तारे होटलसम्म खुलिसकेको बताए ।

प्राकृतिकरूपमा वाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने कयौ ठाउँहरू ओझेलमा परिरहेकोप्रति समर्थन जनाउदै शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदादेवी थापाले पर्यटनबाट नै आर्थिक आधार तयार हुने जिकिर गरिन ।

यता पर्यटन व्यवसायीहरू र जनप्रतिनिधिहरूको योजना सुनेपछि मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

होटलहरु खुलेतापनी पर्यटकहरूलाई रोक्न नसकेको स्वीकार गर्दै थप व्यवस्थापनको जरुरी भएको उनको भनाई छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ०४ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको