उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी सन्देशसहितका बेलुन पठाएको प्रतिशोधस्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पठाएको थियो । 

बेलुनले सियोलको प्रमुख हब इन्चोन विमानस्थललाई बुधबार बन्द गर्न बाध्य बनाएको थियो र लगातार प्रक्षेपणहरूको प्रतिक्रियामा, दक्षिणले तनाव कम गर्ने सैन्य सन्धिलाई पूर्ण रूपमा निलम्बन गरेको छ र सीमा नजिकै प्रोपोगान्डा लाउडस्पीकर प्रसारण र प्रत्यक्ष–फायर अभ्यास पुनः सुरु गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार उत्तर कोरियाले ‘व्यक्तिगत मोबाइल वारहेडको पृथक्करण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको’ दाबी गरेको छ ।

अघिल्लो दिन गरिएको परीक्षणका क्रममा ’छुट्टाछुट्टै मोबाइल वारहेडलाई सही तरिकाले तीन वटा ‘कोअर्डिनेट टार्गेट’मा  छ । 

उत्तर कोरियाले लगातार तीन दिनदेखि सयौँ फोहोर बोक्ने बेलुन दक्षिणतर्फ उडाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : ०१ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा