शिशिर खनाल भन्छन् : महामन्त्रीलाई पार्टीले नै खटाएको हो, प्रतिवेदनबारे गम्भीर छलफल हुन्छ « Khabarhub

शिशिर खनाल भन्छन् : महामन्त्रीलाई पार्टीले नै खटाएको हो, प्रतिवेदनबारे गम्भीर छलफल हुन्छ


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले महामन्त्री डा. मुकुल ढकालले बुझाएको समीक्षा यात्राको प्रतिवेदनबारे गम्भीर छलफल हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले इलाम २ मा वैशाख १० को उपनिर्वाचनपछि पार्टी सचिवालयले नै देशभर पार्टीको अवस्थाबारे अध्ययन गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिएको बताए ।

उनले महामन्त्री ढकालको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने बताएका छन् ।

महामन्त्रीको प्रतिवेदन व्यक्तिको इच्छाले भन्दा पनि पार्टीभित्र समस्या रहे-नरहेको बुझ्नका लागि तयार भएको उनको भनाइ छ ।

खनालले प्रतिवेदनको निष्कर्षका आधारहरूमा समेत अध्ययन हुने जानकारी दिएका छन् ।

यसअघि महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा पार्टीभित्र सुधार्नुपर्ने लगायतका सुझावसहित सभापति रवि लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदनमा उनले सभापति लामिछाने र पार्टी दुवैको लोकप्रियता ओरालो लागेको निष्कर्षसहित २०८४ सम्म पार्टीको हालत तत्कालीन विवेकशीलको जस्तो हुने चेतावनी पनि दिएका थिए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : ०५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर