सहमतिमै अध्यक्ष टुंग्याउने छलफल भइरहेको छ : घनश्याम भुसाल « Khabarhub

सहमतिमै अध्यक्ष टुंग्याउने छलफल भइरहेको छ : घनश्याम भुसाल


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महाधिवेशनबाट पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने गरी छलफल भएको बताएका छन् ।

पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउन छलफल भइरहेको बताएका हुन् । 

उनले भने, ‘हामी सहमतिको प्रयासका लागि छलफल जारी गरेका छौं।’ 

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ।

सम्मानित नेता झलनाथ खनाल पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल पनि अध्यक्षको दाबेदार रहेको चर्चा छ ।

भुसाललाई युवा नेताहरूले सहयोग गरेको बुझिएको छ। खनालले पनि आफू पछि हटेर भुसाललाई नै सहयोग गर्ने चर्चा चलिरहेका बेला भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : १४ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार