गिल्गट बाल्टिस्तानमा निर्मित भौतिक संरचना बेवारिसे बन्दै « Khabarhub

गिल्गट बाल्टिस्तानमा निर्मित भौतिक संरचना बेवारिसे बन्दै


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा भौतिक पूर्वाधारका संरचना बेवारिसे बन्न थालेका छन् ।

गिल्गिट बाल्टिस्तानमा भौतिक संरचना बनाउन थालेपनि बीचैमा छाड्ने प्रवृत्ति बढ्न थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गिल्गिट बाल्टिस्तानको जगलोट र बोन्जी जोड्ने पक्की पुलको निर्माण कार्य दुई वर्षअघि शुरु भएपनि हालसम्म पूरा हुन सकेको छैन ।

निर्माण शुरु गर्ने तर सम्पन्न नगरी बीचैमा बेवारिसे छाडिएकाले दुर्घटनाको जोखिम बढेको एएनआईले जनाएको छ । सो क्षेत्रका स्थानीयहरु काठेपुल प्रयोग गर्न बाध्य भएका छन् ।

यस्ता परियोजनामा गुणस्तरहीन सामग्रीको प्रयोग र आवश्यक अध्ययनबिनै निर्माण कार्य अघि बढाइएकाले पनि दिगो रुपमा पूर्वाधार नबन्ने गरेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : २५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका