वर्षा रोकिएपछि भारत र इङ्ल्यान्डबीचको खेल पुनः सुरु « Khabarhub

वर्षा रोकिएपछि भारत र इङ्ल्यान्डबीचको खेल पुनः सुरु


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत वर्षाका कारण रोकिएको भारत र इङ्ल्यान्डबीचको खेल पुनः सुरु भएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको थियो ।

भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको छ ।

भारतका कप्तान रोहित शर्मा ३७ बल बनाएर क्रिजमा छन् । उनलाई सुर्यकुमार यादवले १३ रन बनाएर साथ दिइरहेका छन् ।

यसअघि नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समय भन्दा करीब एक घण्टा ढिलो गरि सुरु भएको थियो ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ३३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो