गाजाको विद्यालयमै इजरायली हमला,कम्तिमा ३० जनाको मृत्यु « Khabarhub

गाजाको विद्यालयमै इजरायली हमला,कम्तिमा ३० जनाको मृत्यु


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले गाजाको एक विद्यालयमा आक्रमण गर्दा कम्तिमा ३० जनाको मृत्यु र १०० भन्दा बढी मानिस घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो हमला विस्थापित प्यालेस्टाइनीले आश्रय लिइरहेको एक विद्यालयमा भएको खबरहरूमा उल्लेख छ ।

इजरायलले भने मध्ये गाजाको देर अल बलाहबाट पश्चिममा रहेको एक भवनभित्र रहेको हमास कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाइएको दाबी गरेको छ ।

खान युनिस क्षेत्र आसपासबाट आतङ्कवादी गतिविधि र रकेट हमला भएकाले त्यहाँ कारबाही गर्न आवश्यक भएको इजरायली सेनाले यसअघि नै बताएको बीबीसीमा उल्लेख छ ।

इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले गत साता नै ठाउँ खाली गर्न आदेश दिएको दाबी गरेको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको