महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त « Khabarhub

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको बंगालदेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा बिना विकेट भेट्टाएको हो।

भारतका स्मृति मन्धनाले ५५ रनको शानदार अर्धशतक बनाइन भने सफाली वर्माले २६ रन जोडिन्।

यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा दिएको १४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको हो।

आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो खेल आइतबार दिउँसो ३:१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ।

दुई समूहमा विभाजन गरिएका आठ टिमध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल भेट पक्का गरेका हुन्।

प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको छ। तीन खेल खेलको नेपालले यूएईविरुद्ध ६ विकेटको जित निकालेको थियो। समूह चरणकै भेटमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल भारतसँग ८२ रनले स्तब्ध भएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : ०२ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव