म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी « Khabarhub

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएका छन् ।

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको १ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन् ।

ठूलो रुममा २७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसराइ आयोजनाबाट ७३ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए ।

यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । घर, आँगनकै धारामा नियमित पानी आपुर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको छ । धाराबाट पानी ओसार्दा हुने दुःख र झन्झट हटेको छ ।

स्थानीयबासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ ।

खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरि हेरालु राखिएको वडा अध्यक्ष बुढाथोकीले बताए ।

१ करोड १५ लाख ७ हजार ४२४ को लागतमा निर्माण भएको ठूलो रुम खानेपानी तथा सरसफाइ आयोजना मार्फत १ हजार ४२३ र ३६ लाख ६५ हजार ८०४ को लागतमा निर्माण भएको बिलवाङ खानेपानी तथा सरसफाइ आयोजनाबाट ३६२ जनसङ्ख्या लाभान्वित भएका छन् ।

कुल ३५ लाख ७४ हजार ७५८ को लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाइ आयोजना मार्फत ७३ घरधुरीका ३४४ जनसंख्या लाभान्वित भएका छन् । ४११ जना विद्यार्थी अध्ययनरत विद्यालयमा १ वटा धारा जडान भएको छ ।

नेवासँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर २ मा निर्माण भएका ३ वटै आयोजनाको शुक्रबार गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन र वडा अध्यक्ष बुढाथोकीले उद्‌घाटन गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ७ : ५४ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम