अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् ।

ह्यारिसले सामाजिक सञ्जाल एक्समार्फत आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा विजयी हुने विश्वासका साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘आज मैले आधिकारिक रुपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेँ।’

उनले आफू हरेक भोटका लागि कडा मेहनत गर्ने बताएकी छिन् ।

यसैबीच, कमला ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बन्ने पक्का भएपछि पूर्वराष्ट्रपति बाराक ओबामाले शुक्रबार मात्र समर्थन गरेका छन् । ओबामाले ह्यारिसले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू र श्रीमती मिचेल ओबामाले पूर्ण सहयोग गर्ने बताएका छन् ।

ह्यारिसलाई धेरै डेमोक्रेटिक नेताहरूले पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरिसकेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ०१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको