शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही « Khabarhub

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन्।

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णश्वर–४ स्थित जगडोलमा आयोजना गरेको ‘सन्दर्भ सामग्री’ सङ्ग्रहित पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री शाहीले सरकारका तर्फबाट पार्कमा आवश्यक पर्ने सहयोग गरिने प्रतिबद्धता जनाए। 

मन्त्री शाहीले पार्कलाई थप व्यवस्थित र सुन्दर बनाउनुपर्नेमा जोड दिँदै आफूले व्यक्तिगत तथा मन्त्रालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोग गर्ने बताए। 

उनले भने, ‘पार्कलाई सुन्दर बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्न योजना बनाएर कार्यान्वयन गर्दै जानुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न सधैँ सकारात्मक छौँ ।’

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १२ : २९ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको