कृषि उपजलाई बजार अभाव « Khabarhub

कृषि उपजलाई बजार अभाव


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गरेका अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ । 

बेनी बजारमा प्रतिलिटर रु एक सय ४० का दरले दूध बिक्री हुन्छ तर खड्का दाजुभाइले प्रतिलिटर रु एक सय २० मा बिक्री गर्दा पनि बजार पाएका छन्  । ‘नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु’, उनले भने, ‘बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ ।’

एक वर्षअघि दुई सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपाली एक सय ८२ वटा मात्र छन् । मासुका लागि खसीबोका र पाल्ने पाठीहरुको माग घटेपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको फार्मका सञ्चालक महेन्द्र बानियाँले बताए । 

दुई सय ५० बोट किवीलगाएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गत हिउँदमा फलेको १० क्विन्टल किवी बेच्न पोखरामा भौँतारिए । ‘व्यापारीले मसँगबाट प्रतिकिलो एक सय ५० का दरले किनेको किवी आँखै अगाडि दुई सय ५० का दरले बेचेको टुलुटुल हेरेर बस्नुपर्‍यो’, उनले भने, ‘बजारमा लगेको किवी कुहाएर फाल्नु र घर ल्याउनुभन्दा व्यापारीले जति भने त्यति मूल्यमा बेचेर आए ।’

भकिम्लीमा २० घरधुरीले व्यावसायिक किवी खेती गरेका छन् । यसवर्ष उत्पादन बढे पनि कसरी बजारको चिन्ताले सताएको पुनले बताए। बिरौटाका खड्का दाजुभाई, डाडाखेतका बानियाँ र भकिम्लीका लालबहादुर कृषि उपजले बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका म्याग्दीका प्रतिनिधि कृषक हुन् । 

बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले स्थानीयभन्दा आयातित फलफूल र तरकारी सस्तोमा पाइने हुँदा प्रतिस्पर्धा गर्न नसकेर किसानपलायन हुनुपर्ने अवस्था आएको बताए। सडक यातायातको सहज पहुँच नभएको, भण्डारण र बजारको असुविधाका कारण बर्खायाममा कृषकले उत्पादन गरेको आलु, बन्दा, दूधलगायत कृषि उपजको बजारीकरणमा समस्या भएको हो । 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले गत हिउँदमा कृषक र व्यापारीलाई सम्पर्क गराएर आलु बिक्री गर्ने वातावरण बनाएको बताउँदै कृषि उपजको बजारीकरणका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विशेष योजना बनाउनुपर्ने बताए । 

कृषि उपज बजारीकरण गर्न अन्नपूर्ण गाउँपाकिलाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको जनाएको छ । सिंगामा ३० हजार किलोग्राम क्षमताको चिस्यान गृह सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालिपुलमा कृषि बजार स्थापना गर्न भवन निर्माण थालिएको बताए। 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : ०० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा