ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु | Khabarhub Khabarhub

ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

ताइपेइ– ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र  (सीईओसी) को शुक्रबार जारी सिइओसीको तथ्यांक अनुसार चक्रवातको कारण  एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् । 

चक्रवात ताइवान छोडी चिनमा पुगेता पनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ ।

आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।

ज्यान गुमाउनेहरूको अहिलेसम्म पहिचान हुन नसकेको जनाउदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ । अझै पनि अधिकारीहरूले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

सीईओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाई सुरक्षित राख्नका लागि २७९  वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।

केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि  भारी वर्षाको सम्भावना  रहेको जनाएको छ ।  

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : ५९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको