दीपक मनाङेको पारा : छैठौंपटक मन्त्री हुँदा गञ्जी लगाएर ड्यूटीमा ! « Khabarhub

दीपक मनाङेको पारा : छैठौंपटक मन्त्री हुँदा गञ्जी लगाएर ड्यूटीमा !


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


38.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले एकसरो गञ्जी लगाएर सरकारी कार्यकक्षमा ‘ड्यूटी’ गरिरहेको फोटो सार्वजनिक भएको छ । प्रदेश सरकारमा मनाङे छैठौंपटक मन्त्री नियुक्त भएका हुन्‌ ।

एक समय ‘गुण्डानाइके’ को छवि बनाएका मनाङेलाई पछिल्लोपटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवार मनाङे मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) र नेपाली काँग्रेसका‍ नेता पाण्डे गोरखा-२ (ख) बाट विजयी भएका हुन्‌ ।

पछिल्लो समय मनाङेले सरकारी कार्यालयमा मदिरा पिउँदै कार्यपालिकाको सामान्य मर्यादासमेत नराखेको, तथानाम बोलेको र गुण्डागर्दीकै शैली देखाउन थालेको सेवाहग्राहीहरूको गुनासो छ । सार्वजनिक भएको निजको तस्बिर चाहिँ केही दिनअघिको हो ।

मन्त्रालयका एक कमर्चारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘सो दिन उनी गञ्जी लगाएरै कार्यकक्षमा बसेका थिए । मदिरा पिउँदै हामी (कर्मचारी) माथि अपशब्द प्रयोग गरे । सेवाग्राहीलाई पनि त्यही हुलियामा भेटे ।’

यस्तै अस्वाभाविक गतिविधिका कारण मनाङे पटकपटक विवादित बन्ने गरेका छन्‌ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  २ : ३७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी