बाढी, पहिरो लगायत विपद्‌मा परी १३९ जनाको मृत्यु « Khabarhub

बाढी, पहिरो लगायत विपद्‌मा परी १३९ जनाको मृत्यु


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३९ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ४३ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ५६ जना घाइते भएका छन् । 

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।

 बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ३८ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय ३ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३० घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ३ : २५ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई