कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पछाडि अर्कै कुरा लुकेको छ : माधव नेपाल « Khabarhub

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पछाडि अर्कै कुरा लुकेको छ : माधव नेपाल


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका छन् ।

शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले संविधान संशोधन अपरिहार्य भएपनि गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताए । 

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडि अर्कै कुरा लुकेको उनले बताए । उनले आफ्ना स्वार्थ पुरा गर्नका लागि अनेक जामा पहिरिएपनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे ।

अध्यक्ष नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए । उनले कम्युनिष्ट एकताको आधार तयार गर्नका लागि मोर्चा बनाउदै अघि बढ्नुपर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कसैको निगाहमा नबनेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नसक्ने बताए । उनले संविधानको मूल मर्मलाई मासेर संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुने चेतावनी दिए ।

उनले संविधान संशोधन गर्ने भए त्यसका आधारहरू स्पष्ट हुनुपर्ने जिकिर गरे । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : ३६ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर