गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री | Khabarhub Khabarhub

गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् ।

वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताएका हुन् । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे ।

स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ छ । उनले मन्त्री, कर्मचारी वा बिभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे ।

न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै दुवैलाई सहज रुपमा अघि बढाउने गरि मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।

उनले वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि आग्रह गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : ४३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको