एकीकृत समाजवादीको निर्वाचन : ड्रमबाट मतपत्र झिकेर गन्न सुरु | Khabarhub Khabarhub

एकीकृत समाजवादीको निर्वाचन : ड्रमबाट मतपत्र झिकेर गन्न सुरु


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो र पदाधिकारी चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ ।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा मंगलबार अपराह्नसम्म मतपेटिका बनाइएको ड्रममा खसाइएको मत गन्न थालिएको हो । १७ पदाधिकारी र १०५ पोलिटब्यूरो चयन गर्न एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरेको झण्डै डेढ महिनापछि निर्वाचन गराएको हो ।

पार्टीका नेता राजेन्द्र पाण्डे यसअघि नै वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा अन्य पदमा सहमति जुट्न नसक्दा सो पार्टीका नेता/कार्यकर्ता मतदानमा गएका हुन्‌ । पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल भने यसअघि नै निर्विरोध भएका थिए । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए।

त्यसपछि आइतबारको केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । तर, अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको हो ।

१७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन भइरहेको छ ।

६ उपाध्यक्षका लागि १५ जना र ४ जना महासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ । अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राई भिडेका छन् । आन्तरिक चुनाव भए पनि थोरै पदका लागि धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा कडा देखिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : १९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग